साउदीले माग्यो अकर्षक तलब सहित नेपाली कामदार

सोमबार, १९ माघ २०७७, १७ : ५१

काठमाडौं- साउदीले नेपाली अकर्षक तलब सहित कामदारको माग गरेको छ । साउदीको सुकैना एमड अल हुलाइली कन्ट्रयाक्टिङ इष्ट कम्पनीले ११ जना पुरुष कामदारको माग गरेको हो । 

कम्पनीले रेष्टुरेन्ट वर्करका लागि एक जना, नर्मल वर्करका लागि एक जना, कार इलेक्ट्रिसिटीका लागि एक जना, लेबरका लागि ५ जना र ट्रक ड्राइभरका लागि ३ जना गरि जम्म ११ जना नेपाली कामदारको माग गरेको छ । योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । 

जसको तलब खान बस्न सहित ३१ हजार देखि ५५ हजार भन्दा बढि रहेको छ । कामदारले हप्तामा ६ दिन र  दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । साथै वार्षिक कमिसन बिदाको पनि व्यवस्था गरिएको छ । 

त्यस्तै कामदारका लागि ओभर टाइमको पनि व्यवस्था गरिएको छ । कामदारको करार अवधि २ वर्षे रहेको छ । लिंक इन्टरनेशनल प्लेसमेन्ट सर्भिस प्रा लि को कार्यालय सामाखुसी काठमाडौंमा माघ २६ गते हुने छ । 

स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने बीमाको रकम, भिसा स्ट्याम्पीङ शुल्क, कामदारले बेहोर्नु पर्ने छ भने  हवाई टिकट ,विदेशमा हुने मेडिकल खर्च, विदेशमा हुने बीमाको रकम, रोजगारदाताले बेहोर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ । 

सोमबार, १९ माघ २०७७, १७ : ५१

प्रतिक्रिया