प्रभास र सैफ अलीको ‘आदिपुरुष’ आजबाट फ्लोरमा

मंगलबार, २० माघ २०७७, १२ : २१

बाहुबली स्टारर प्रभास र अभिनेता सैफ अली खानको मुख्य भुमिका रहेको   ‘आदिपुरुष’को शुटिङ सुरु भएको छ । 


राम कहानीमा आधारित फिल्म आज फेब्रअरी २  बाट फ्लोरमा गएको हो ।  निर्देशक ओम राउतले ट्वीटमार्फत चलचित्र फ्लोरमा गएको जानकारी दिएका हुन् ।

आदिपुरुषको संसार देखाउन अन्तर्राष्ट्रियस्तरको तयारी रहने निर्माता प्रसाद सुतारले यसअघि नै बताइसकेका छन् । फिल्ममा प्रभासले रामको भूमिका निर्वाह गर्दैछन् ।फिल्ममा अभिनेता सैफअलि खान रावणको भूमिकामा देखिनेछन् भने अभिनेत्री कृति सेननको सिताको भूमिका रहनेछ ।

 सन् २०२२ अगस्ट ११ मा रिलिज हुने  फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा बनाउने तयारी गरिएको छ । 

मंगलबार, २० माघ २०७७, १२ : २१

प्रतिक्रिया