अब सौगात मल्ल पनि निर्माता !

मंगलबार, २० माघ २०७७, १२ : ४७

अभिनेता सौगात मल्लले अब अभिनय सँगै  फिल्म निर्माण गर्ने भएका छन् ।सौगातले ‘दि सेक्रेट्स अफ राधा’ फिल्मबाट आफुलाई निर्माता निर्देशकमा स्थापित गर्न लागेका हुन् ।

सौगातकै मुख्य अभिनय रहने फिल्म माघको अन्तिम सातादेखि छायांकन सुरु हुन  हुने छ । 
सैगातले निर्देशक सुवर्ण थापासँग मिलेर चलचित्र निर्माण गर्न लागेका हुन् । सुवर्णले निर्देशन गरेका ‘सुनगाभा, फन्को, बाटो मुनिको फूल २’ लगायतका फिल्मले राम्रै सफलता पाएका छन्  । 

मंगलबार, २० माघ २०७७, १२ : ४७

प्रतिक्रिया