कंगना रनौतविरुद्ध अदालतले पठायो पत्र

मंगलबार, २० माघ २०७७, १३ : ०१

बलिउड अभिनेत्री कंगना रनौतविरुद्ध अदालतले  पत्र पठाएको छ । लेखक जावेद अख्तरको  मानहानिको मुद्दामा सुनुवाइ गर्दै कंगनालाई आफ्नो बयान दर्ता गराउन उपस्थित हुनका लागि अदालतले पत्र पठाएको हो ।

जावेदले सन् २०२० नोभेम्बरमा कंगनाविरुद्ध मानहानिको मुद्दा दर्ता गराएका थिए । २०२० को डिसेम्बरमा जुहु प्रहरीलाई जावेदको मानहानिको आरोपमा थप छानबिन गर्न  अन्धेरीको मेट्रोपोलिटन मजिस्ट्रेटले निर्देशन दिएको भारतिय संचारमाध्यमले जनाएका छन् ।

 टेलिभिजनमा अन्तर्वार्ता दिने क्रममा आफ्नोबारेमा आपत्तिजनक बयान दिएको आरोप जावेदले लगाएका थिए । कंगनाले यसबारे कुनै जवाफ दिएकी छैनन् । 
 

मंगलबार, २० माघ २०७७, १३ : ०१

प्रतिक्रिया