अभिनेता आमिर खानले मोबाइल फोन नचलाउने निर्णय गरेका छन् । आफ्नो फिल्मका ‘लाल सिंह चढ्डा’मा कुनै पनि असर नगरोस् भनेर फोन नचलाउने निर्णय गरेका हुन् ।
आफ्ना हरेक फिल्मका हरेक भूमिकालाई उत्कृष्ट बनाउन ध्यान दिने आमिरले मोबाइल फोनले आफ्नो कामप्रतिको लगावलाई भंग गरेको भन्दै मोबाइल नचलाउने भएका हुन् ।
आमिर खान, किरण रावको लगानीमा बनेको फिल्म ‘लाल सिंह चढ्डा’ आउँदो क्रिसमसमा रिलिज हुँदैछ । नायक आमिर खान र नायिका करिना कपुरको मुख्य भूमिका छ । अद्भित चन्दनको निर्देशनमा तयार भएको यो चलचित्रमा नायक आमिर खान फरक–फरक भूमिकामा देखिने छन् ।
प्रतिक्रिया