बलिउड अभिनेता शाहरुख खान यतिखेर पठानको सुटिङमा ब्यस्त रहेका छन् । केहि दिन अघी सुटिङ सेटमा कुटपिटको घटनाले चर्चा पाएको थियो । पछिल्लो समय पठानको सुटिङ दुबईको बुर्ज खालिफामा हुने चर्चा रहेको छ ।
पठानका निर्देशक सिद्धार्थ आनन्दले भवनको भित्र शाहरुख खानसँगै केही महत्त्वपूर्ण एक्नस सिक्वेन्स गर्ने भएका हुन्। बुर्ज खलिफा भित्र भारतीय फिल्मको शुट गर्ने पठान पहिलो चलचित्र हुने भारतिय सञ्चारमाध्यमले जनाएका छन्।
यो फिल्म बुर्ज खलिफाभित्र सुटिङ हुन लागेको पहिलो बलीउड फिल्म हो । पठानमा शाहरुख र दिपीकालाई एक साथ देख्न सकिने छ ।
प्रतिक्रिया