विजयले नयाँ फिल्मका लागि लिए १०० करोड पारिश्रमिक !

मंगलबार, २० माघ २०७७, १८ : ४१

साउथ स्टार थलपति विजयको फिल्म मास्टरले बक्स अफिसमा २०० करोड रुपैयाँ कलेक्शन गरेको छ । प्रर्दशनको पहिलो दिनमै  बक्स अफिसमा आक्रमक व्यापार गरेको साउथ  ‘मास्टर’ले प्रदर्शनको पहिलो हप्तामै १ सय ८८  करोड व्यापार गरेको थियो ।

पछिल्लो समय फिल्म संगै  विजय थलपतिको चर्चा बढेको छ । चर्चाको विषय भने  उनले मास्टर फिल्मबाट लिएको पारिश्रमिक । विजयले मास्टरका लागी  १ सय १० ९भारतिय रुपैँया० करोड पारिश्रमिक लिएको खबर बाहिरिएको छ । योसँगै विजय साउथमा सबैभन्दा धेरै पारिश्रमिक लिने अभिनेता बनेका छन् ।

यस्तै मास्टर अमेजन प्राइम भिडियोमा २९ जनवरीमा  समेत रिलिज भएको छ । अमेजनमा भारतको अलवा २४० देशबाट प्राइम मार्फत फिल्म हेर्न सकिनेछ । 

उनले आफ्नो अर्को  फिल्म थलापति ६५ का लागि १०० करोडको पारिश्रमिक लिएको खबर बाहिरिएको छ ।

मंगलबार, २० माघ २०७७, १८ : ४१

प्रतिक्रिया