काठमाडौं- नयाँ वर्षलाई लक्षित गर्दै गएको महिना अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटी स्टारर फिल्म ‘मनसँग मन’ ले चैत २७ गतेलाई रिलिज क्यालेन्डर रोजेको थियो । यसपछि यही मितिमा मल्टीस्टारर फिल्म ‘लप्पन छप्पन २’ ले प्रदर्शन मिति घोषणा गर्यो । अब यो मितिमा अर्को फिल्म पनि थपिएको छ, ‘कृष्ण लीला’ । यो फिल्ममा पनि अभिनेता पुष्प खड्का लिड रोलमा छन् ।
मंगलवार निर्माण टिमले आधिकारिक रुपमा फिल्मको प्रदर्शन मिति घोषणा गरेको हो । अब आउँदो चैत २७ गते तीन फिल्म बक्सअफिसमा भिड्नेछन् । पुष्प भने आफू अभिनीत दुई फिल्म ‘मनसँग मन र कृष्ण लीला’ एकै मितिमा भिड्ने भएपछि तनाबमा देखिएका छन् । निर्माता निर्माताबीचको द्वन्द्वमा परेका उनी अब दुई फिल्मको प्रदर्शन मिलाउन अगाडि सर्नुपर्ने देखिन्छ ।
‘कृष्ण लीला’ मा पुष्पसँगै श्रद्धा क्षेत्री, बुद्धि तामाङ, रबिन्द्र झा, नवीन रेग्मी, हिउँवाला गौतम, भावना गुरुङ, आयुष गुरागाई लगायतका कलाकारहरुको अभिनय रहेको छ । दीपक ओली निर्देशित फिल्मको प्रस्तुतकर्ता रोहित कट्टेल हुन् । शिव ढकालले खिचेको फिल्ममा अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व छ ।
प्रतिक्रिया