विजय देवरकोंडा बलिउडमा डेब्यू गर्दै

बुधबार, २१ माघ २०७७, १३ : ०७

साउथ सुपरस्टार विजय देवरकोंडा बलिउडमा डेब्यू गर्ने भएका छन्।  'अर्जुन रेड्डी'बाट सर्वाधिक चर्चा कमाएका विजयले  करण जोहरको फिल्मको 'लाइगरु' बाट बलिउडमा कदम राख्ने भएका हुन् ।  पुरी जगन्नाथको  निर्देशनमा बन्ने एक्सन मुभिमा विजयको मुख्य भुमिका रहने छ । 

भारतिय संचारमाध्यमका अनुसार विजयले करणका साथ अन्य दुई फिल्ममा पनि काम गर्ने बताइएको छ। विजयले एकै साथ तीन फिल्ममा काम गर्न करिब १०० करोड भारतीय रुपैयाँ शुल्क लिएको खबर बाहिसरएको छ।

रिपोर्ट अनुसार दोस्रो फिल्ममा भने विजयले रोमान्टिक फिल्म गर्ने छन्। दोस्रो फिल्म ठेट जोहर शैलीमा हुनेछ, जसमा रोमान्स देखाइनेछ।

उक्त फिल्म बनाउन अहिले स्क्रिप्ट तयार पार्ने काम भइरहेको छ।विजय पछिल्लो पटक वल्ड फेमस लबर फिल्ममा देखिएका थिए 

बुधबार, २१ माघ २०७७, १३ : ०७

प्रतिक्रिया