भारतिय नायक दीप सिद्धूको  जानकारी दिनेलाई एक लाख इनाम दिने घोषणा

बुधबार, २१ माघ २०७७, १३ : २८


२६ जनवरीमा भारतमा कृषि कानूनविरुद्ध किसान आन्दोलनको ट्रयाक्टर र्यालीको क्रममा भएको हिंसाको मामिलामा प्रहरीले बुधबार ठूलो घोषणा गरेको छ । प्रहरीले दीप सिद्धू (पंजाबी नायक)र अन्य आरोपी जुगराज सिंह, गुरजंट सिंहबारे जानकारी दिनेलाई एक–एक लाखको इनाम दिइने घोषणा गरेको छ । 

यसका साथै जजबीर सिंह, बूटा सिंह, सुखदेव सिंह र इकबाल सिंहमाथि ५०–५० हजार भारु इनाम घोषणा गरिएको छ । यी सबै लाल किलामा भएको हिंसाका आरोपी हुन् जो फरार छन् । यसअघि प्रहरीले मंगलबार १२ जनाको फोटो पनि जारी गरेको छ । यसमा लाल किलामा तोडफोड गर्नेहरु देखिएका छन् । 


एकातिर प्रहरी आरोपीको खोजीमा जुटेको छ भने अर्कोतर्फ आरोपी दीप सिद्धू ९पंजाबी नायक० लगातार सोसल मिडियामा सक्रिय छन् । उनले बुधबार एउटा भिडियो सार्वजनिक गरेका छन् । यसमा उनले आफूविरुद्ध बोल्नेहरुलाई धम्की दिएका छन् । साथै, आफू हरियाणामा भएको दाबी गर्दै आफू सिंघू सीमाभन्दा आधा घण्टा टाढा बसिरहेको बताए । 

बुधबार, २१ माघ २०७७, १३ : २८

प्रतिक्रिया