स्पेनिस फिल्मको रिमेकमा आमिर खान !

बुधबार, २१ माघ २०७७, १४ : १०

बलिउड स्टार आमिर खान र आरएस प्रसन्नाले स्पोर्ट्स ड्रामा बनाउने भएका छन्। सन् २०१८ को स्पेनिस फिल्म ुचेम्पियन्सु को रिमेक बनाउने तयारीमा लागेको भारतिय संचारमाध्यम हरुले जनाएका हुन् ।

चेम्पियन्समा आमिर शारीरिक रुपमा अशक्त खेलाडीहरुको कोचको भूमिकामा देखिने भएका छन्। व्यक्तिवादी र नशाको मातमा रहने कोच र अशक्त खेलाडीको टोलीबीचको संघर्षलाई कथामा प्रस्तुत गरिनेछ।

बास्केटबल कोचका रुपमा आमिर प्रस्तुत हुने फिल्मको स्क्रिप्टको काम भइरहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।  फिल्मलाई सोनी प्रोडक्सनले बनाउन लागेको छ ।

बुधबार, २१ माघ २०७७, १४ : १०

प्रतिक्रिया