काठमाडौं - जापानले नेपाली कामदारको माग गरेको छ । जापानको उडल्याण्ड कोबी बिजनेस कम्पनीले १ पुरुष २ महिला नेपाली कामदारको माग गरेको छ । कम्पनीले औँद्योगिक प्रशिक्षार्थी तथा अभ्यासार्थी कामदारको माग गरेको हो ।
योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । जसको तलब खान बस्न सहित १ लाख ८४ हजार नेपाली रुपैयाँ हुनेछ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि ३ वर्षे रहेको छ ।
प्रशिक्षार्थीको उमेर १८ पुरा भाइ ४० वर्ष ननाघेको हुनु पर्ने छ । साथै नेपाल सरकारको उद्योग मन्त्रालय अन्तरगतका निकायहरूमा ३ वर्ष पूर्व दर्ता भई सञ्चालन भाइरहेको विभिन्न व्यवसायमा कम्तिमा २ वर्ष काम गरेको अनुभव हुनु पर्ने छ ।
अन्तरवार्ता इम्पोरियल ओभरसिज प्रा ली को कार्यालय सिनामंगल काठमाडौंमा माघ ३० गते हुने छ । सेवा शुल्क यातायात भिसा तथा प्रर्वद्धन खर्च समेत गरि पशिक्षार्थीले जम्मा ५० हजार मात्र तिर्नु पर्ने कम्पनीको विज्ञापनमा उल्लेख छ ।
प्रतिक्रिया