चैत २७ मा ३ चलचित्र पदर्शन हुँदै, पुष्पको आफैंसँग भिडन्त

बुधबार, २१ माघ २०७७, १४ : ४६

काठमाडौं - चैत २७ मा अभिनेता पुष्प खड्का र अभिनेत्री वर्षा सिवाकोटीको मुख्य भुमिका रहेको चलचित्र ‘मनसँग मन’ प्रदर्शन हुँदैछ । 

सोहि मितिमा ‘कृष्ण लीला’ पनि प्रदर्शन हुँदैछ । यो चलचित्रमा अभिनेता पुष्प खड्को नै मुख्य अभिनय रहेको छ ।  निर्माण टिमले मंगलवार आधिकारिक रुपमा उक्त चलचित्रको प्रदर्शन मिति घोषणा गरेको छ । 

सोहि मितिमा ‘लप्पन छप्पन २’ ले प्रदर्शन मिति घोषणा गरेको छ । चैत २७ गते तीन चलचित्रको बक्स अफिसमा भिडन्त हुने पक्का भएको छ ।

एकै मितिमा आफ्नै दुईवटा चलचित्र जुध्दा पुष्प खड्कालाई भने निकै समस्या पर्ने देखिन्छ । 

बुधबार, २१ माघ २०७७, १४ : ४६

प्रतिक्रिया