प्रभासको आदिपुरुषको शेटमा भीषण आगलागी

बुधबार, २१ माघ २०७७, १६ : ३२

साउथ सुपरस्टार प्रभासको आदिपुरुषको शेटमा आगो लागेको छ । सुटिङका लागी तयार गरीएको मुम्बईको गोरेगाउँ क्षेत्रमा स्थित एक स्टूडियोमा मंगलवार भीषण आगो लागेको हो ।

आगो शर्ट सर्किटको कारण आगो लागेको भारतिय संचारमाध्यमले जनाएका छन् ।

फिल्ममा  प्रभास, सैफ अली खानको मुख्य भूमिका रहेको छ । राम कहानीमा आधारित रहेर निर्माण हुन लागेको फिल्ममा प्रभासको  रामको भूमिका रहने छ भने सैफ अली रावणको भुमिकामा देखिनेछन् भने  कृति सेनन सिताको भूमिका रहने छिन्  । 

ओम राउत टी सीरीजले सुप्रिमो भुषण कुमारसँग मिलेर यो फिल्म बनाउन लागेका हुन् । फिल्म हिन्दी, तमिल, तेलुगु, कन्नड र मलयालम भाषामा बनाउने तयारी गरिएको छ । 

बुधबार, २१ माघ २०७७, १६ : ३२

प्रतिक्रिया