नायिका सुष्मा कार्की र रंग पत्रकार उत्सव रसाइलीको विवाद टुंगिएको छ । आज सुष्मा कार्कीसँग उत्सव रसाइली र आरतीले माफी मागेपछि विवाद टुंगिएको हो ।
सुष्माले आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै मंगलबार उजुरी दिएकी थिइन् । वुधबार दिनभर प्रहरी वृत्तमा भएको छलफलपछि यो विवाद सहमतीमा टुंगिएको हो ।
सुष्माले उपस्थित मिडियाकर्मीसँग भनिन्–‘मान्छेबाट गल्ती हुन्छ, उहाँले स्विकार गरिसकेपछि मैले उहाँलाई माफी दिएकी छु ।’
उत्सवले केही कुरामा असमझदारी भएको भन्दै नहुने पर्ने घटना भएको भन्दै माफी मागे । उनीहरुबिच आगामी दिनमा यस्ता खालका विवाद, भनाभन हुने छैन भन्ने सहमती पनि भएको छ ।
प्रतिक्रिया