काठमाडौं- ओस्कार इन्टरनेशनल कलेजले छात्रवृत्तिको घोषणा गरेको छ । कलेजले २४ जना विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने घोषणा गरेको हो ।
कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण फिल्म पढ्न चाहेर पनि रकम अभावमा पढ्न नपाएका विद्यार्थीहरुको सपना पुरा गर्नका लागि भन्दै कलेजले छात्रवृत्तिको घोषाणा गरेको सीईओ विनोद पौडेलले बताए ।
सीईओ पौडेलले कलेजले २० जनालाई ‘कोभिड रिलिफ स्कलरसीप अवार्ड’ प्रदान गर्ने र बाँकी ४ जनालाई ‘फिल्म एन्ड मिडिया प्रोफेशनल स्कलरसीप अवार्ड’ प्रदान गर्न लागेको बताए ।
‘कोभिड रिलिज स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले ४ वर्षको अवधिमा विभिन्न आर्थिक सहयोग पनि पाउनेछन् । यसैगरी, ‘फिल्म एन्ड मिडिया प्रोफेसनल स्कलरसीप अवार्ड’ पाउने विद्यार्थीले पढाई अवधिभर लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने कलेजले जनाएको छ ।
ओस्कार कलेज मै पढेर मिडिया तथा फिल्म उद्योगमा सक्रियताका साथ ५ वर्ष काम गरेको अनुभव भएका विद्यार्थीहरुले यो छात्रवृत्ति पाउनेछन् । कलेजले सिंगापुरको इन्फिनिट स्टुडियोसँगको सहकार्यमा विभिन्न गतिविधि पनि गर्दै आइरहेको छ । साथै स्टुडियोले अन्तिम वर्षमा पढ्ने ५ जना विद्यार्थीलाई पनि छात्रवृत्ति दिँदै आएको छ ।
आजभन्दा १६ वर्ष अघि स्थापना भएको ओस्कार इन्टरनेशनल कलेज फिल्म पढाउने नेपालको पहिलो कलेज हो ।
प्रतिक्रिया