भारतिय क्रिकेटर विराट कोहली सबैभन्दा धनी भारतीय सेलिब्रिटी बन्न सफल भएका छन् । २३ करोड ७७ लाख अमेरिकी डलरको ब्राण्ड भ्यालूका साथ विराट लगातार चौथो वर्ष पनि सबैभन्दा धनी सेलिब्रिटी बन्न सफल भएका हुन् ।
सूचीको दोस्रो तथा तेस्रो स्थानमा हिन्दी फिल्म अभिनेता अक्षय कुमार तथा रणवीर सिंहको नाम रहेको छ ।
सन् २०२० का लागि शीर्ष १० सर्वाधिक मूल्यवान सेलिब्रिटी सूचीमा केवल कोहली फिल्म उद्योग भन्दा बाहिरका छन् ।
सन् २०२० मा कोहलीको ब्रान्ड भ्यालू यथावत रहेको छ भने अन्य शीर्ष २० सेलिब्रिटीले आफ्नो कूल मूल्यमा पाँच प्रतिशत अथवा करीव एक अरब अमेरिकी डलर गुमाएका छन् ।
यहि सूचीमा ५ करोड ११ लाख डलर मूल्यांकनका साथ शाहरुख खान चौथो स्थानमा छन् भने दीपिका पादुकोण ५ करोड ४ हजार डलरका साथ पाँचौं स्थानमा रहेकी छिन् ।त्यस्तै आलिया भट्ट छैठौं स्थानमा छिन् ।
प्रतिक्रिया