बलिउड अभिनेता जोन अब्राहम र अभिषेक बच्चन पुनः एकै फिल्ममा देखिने भएका छन् ।
मलायलम चलचित्र ‘अय्याप्पनम कोशीयम’को हिन्दी रिमेकमा जोन र अभिषेक १३ बर्ष पछी एकै फिल्ममा देखिने भएका हुन् ।
मौखिक रूपमा यी दुई कलाकारबीच कुराकानी भइसकेको र चाँडै नै कागजी काम पनि पूरा हुने भारतिय संचारमाध्यमले जनाएका छन् ।
दिवंगत साचीको निर्देशनमा बनेको ‘अय्याप्पनम कोशीयम’मा अभिनेताद्वय पृथ्वीराज र बिजु मेनन मुख्य भूमिका रहेको छ । ‘अय्याप्पनम कोशीयम’ लकडाउन हुनुअघि मात्रै रिलिज भएको थियो ।
यता, अभिनेता जोन र अभिषेकको कुरा गर्नुपर्दा उनीहरुले सँगै काम गरेको पछिल्लो चलचित्र ‘दोस्ताना’ सन् २००८ मा रिलिज भएको थियो । जोन अब्राहमले मार्चमा हिट मलायलम चलचित्र ‘अय्याप्पनम कोशीयम’को हिन्दी रिमेक गर्ने अधिकार लिएका थिए ।
प्रतिक्रिया