१८ वर्षको अवधिमा विवेकले गरे २ लाख ५० हजार बढी क्यान्सर पीडित बालबालिकालाई सहयोग

शुक्रबार, २३ माघ २०७७, १७ : ४६

एजेन्सी - बलिउड अभिनेता विवेक ओवरायले २ लाख ५० हजार बढी क्यान्सर पीडित बालबालिकाहरूलाई सहयोग गरेका छन्। उनीले पछिल्ला १८ वर्ष को अवधिमा उक्त क्यान्सर पीडित बालबालिकाहरूलाई सहयोग गरेका हुन् । 

बलिउड हंगामाका अनुसार विवेकले सन् २००४ देखि विपन्न परिवारमा जन्मे९हुर्केका क्यान्सर पीडित बालबालिकालाई विभिन्न आर्थिक तथा भावनात्मक रुपमा सहयोग गरेका छन् ।

सन् २००४ मा विवेकले क्यान्सर बिरामी सहायता संघ (सिपिएए) सँग सहकार्य गरे आफ्नो जन्मदिन क्यान्सर पीडित बालबालिकाहरूसँग मनाएका थिए। 

त्यस पछि अहिले सम्म पनि विवेकले आफ्नो जन्मदिन यिनै बालबालिकासँग मनाउँदै आएका छन्। उनी बच्चाहरूलाई रमाएको हेर्न चाहन्छन्। त्यसका लागि जादु सो गर्ने, फिल्म देखाउने जस्ता कार्यहरू गर्दै आएका छन् । 

विगत १८ वर्गमा सिपिएएसँगको सहकार्यमा विवेकले सडकमै रात कटाउने परिवारहरूलाई पनि मद्दत गरेका छन् । बिहीबार विश्व क्यान्सर दिवसको दिन अभिनेता विवेकले आफ्नो सामाजिक सञ्जालमार्फत क्यान्सर पीडित बालबालिकालाई हौसला प्रदान गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन् । 

शुक्रबार, २३ माघ २०७७, १७ : ४६

प्रतिक्रिया