आज अभिनेता अभिषेक बच्चनको जन्मदिन, अमिताभले दिए शुभकामना

शुक्रबार, २३ माघ २०७७, १८ : ५५

बलिउड अभिनेता अभिषेक बच्चनलेआज आफ्नो जन्मदीन मनाएका छन् । अभिषेकले आज आफ्नो  ४५ औं जन्मदीन मनाएका हुन् ।  छोरा यो उमेरमा पुग्दा पिता अमिताभ बच्चन भावुक भएका छन् । यसको अन्दाज उनको फेसबुक पोस्टमार्फत् गर्न सकिन्छ । अमिताभले इन्स्टाग्राममा अभिषेकसँगको दुईवटा तस्बिर कोलाज पोस्ट गरेका छन् । योसँग बिग बीले एक सन्देश पनि लेखेका छन् । 

इन्स्टाग्राममा कोलाजको पहिलो तस्बिर श्यामश्वेत छ । थुप्रै वर्ष पुरानो यो तस्बिरमा अमिताभले छोराको हात समातेर हिँडिरहेको देखिएका छन् । दोस्रो तस्बिर केही वर्ष अघिको हो । कुनै आयोजनामा अभिषेक पिता अमिताभको हात समातेर उनलाई गाइड गरिरहेको देखिएका छन् । यो फोटो कोलाजसँग अमिताभले लेखे, ‘कुनै बेला उनको हात समातेर म उसलाई बाटो देखाउँथे अब ऊ मेरो हात समातेर मलाई बाटो देखाउँछ । ह्पाप्पी बर्थडे अभिषेक बच्चन । ५ फेब्रुअरी, २०२१ ।’

शुक्रबार, २३ माघ २०७७, १८ : ५५

प्रतिक्रिया