एजेन्सी - ओस्कर अवार्ड विजेता हलिउड अभिनेता क्रिस्टोफर प्लमरको निधन भएको छ। ५० वर्ष भन्दा लामो समय चलचित्र क्षेत्रमा विताएका अभिनेता क्रिस्टोरफरको शुक्रबार निधन भएको हो।
अभिनेता म्यानेजर लो पिटले अभिनेता क्रिस्टोफर प्लमरको निधन भएको पुष्टि गरेका हुन् । एक ओस्कर अवार्ड, दुई टोनी अवार्ड तथा दुई एमी अवार्डबाट सम्मानित भइसकेका उनी सन् १९७० बाट चलचित्र क्षेत्रमा लागेका थिए।
उनले अभियन गरेको चलचित्र द साउण्ड अफ म्युजिकको लागि धेरै चर्चा भएको थियो। संसारकै उत्कृष्ट म्युजिकल फिल्म मानिने उक्त चलचित्रमा क्रिस्टोफरले क्यनप्टेन भोज ट्रापको भूमिका निभाएका थिए।
प्रतिक्रिया