कुशल थलङको ‘आनाकानी किन हो ठूली’ सार्वजनिक

शनिबार, २४ माघ २०७७, १० : ५२

काठमाडौं - गायक कुशल थलङको आवाजमा रहेको ‘आनाकानी किन हो ठूली’ बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। 

रोशन थलङको रचना रहेको यस गीतलाई अशोक लोहरुङ राईले एरेन्ज गरेका हुन् भने संगीत गायक कुशलको नै रहेको छ। 

उक्त गीतको म्युजिक भिडियोमा कुशल थलङ, सुजाता थुलुङ राई, विष्णु मोक्तान, दिनेश माङ्मु लिम्बू, कानुन लिम्बू थेबे, रोयल लिम्बू, करिश्मा क्षेत्री, कृति मिभक, सबनम राईको अभियान रहेको छ।

भिडियोमा दिनेश माङ्मुको निर्देशन रहेको छ भने सम्पादन अनिल रानाले गरेका छन् । भिडियोका छायांकन भूपेन्द्र तुम्बाहाम्फेले गरेका हुन् । त्यस्तै पोष्ट प्रोडक्सन रमेश मिभक र पुष्पा तुम्बाहाम्फेको रहेको छ । 

भिडियोलाई कुशल थलङको आफ्नै च्यानलबाट सार्वजनिक गरिएको छ । 

शनिबार, २४ माघ २०७७, १० : ५२

प्रतिक्रिया