अक्षयको ‘सूर्यवंशी’को प्रदर्शनमा अन्योलता, ७० प्रतिशत शेयर माग !

शनिबार, २४ माघ २०७७, ११ : १७

बलिउड अभिनेता अक्षय कुमारको चलचित्र ‘सुर्यवंशी को रिलिज मिति सार्वजनिक हुदै पोस्पेन्ड हुदै आएको छ ।  ।यस अघि निर्देशक रोहित शेट्टीले चलचित्रको प्रदर्शन मितिलाई अनिश्चितकालका लागि पोस्पेन्ड गरेपछी रिलिज रोकिएको थियो। केही दिन यता अप्रिलमा रिलिज हुने हल्ला चलेपनि फेरी सुर्यवंशी  रिलिजमा अन्योलता छाएको छ । 

‘सूर्यवंशी’का निर्माताले हलवालासँग अत्यधिक सेयर मागेका छन्।लकडाउनमा हलवाला तथा फिल्मीकर्ता मारमा परेको भन्दै भारतको केन्द्रिय सरकारले हलमा शत प्रतिशत अकुपेन्सीको अनुमती दिएको छ। जसका कारण पनि निर्माता र प्रदर्शक उत्साहित देखिएका छन् ।

 उनीहरुले प्रदर्शकसँग ७० प्रतिशत शेयर माग गरेका छन् । यस्तै, चलचित्र रिलिज भएको ४ सातापछि ओटीटी प्लेटफर्ममा रिलिज गर्न पाउनुपर्ने शर्त पिन अगाडि सारिएको छ । यो सर्तका लागि प्रदर्शक र निर्माताविच कुरा मिलेको छैन ।

प्रदर्शकहरु फिल्म रिलिजको ४ सातापछि ओटीटी रिलिजका लागि तयार भएको बुझिएको छ भने ७० प्रतिशत शेयर दिन भने आकाकानी गरेका छन्। निर्माताले ७० प्रतिशत शेयर राख्न पाउनुपर्ने माग गरेपछि फिल्मको प्रदर्शन मिती अन्योलमा परेको छ। आगामी अप्रिल २ तारिखबाट रिलिज हुने भनिएको फिल्म रिलिज हुने नहुनेमा निश्चित हुन सकेको छैन।

लकडाउन अगाडि निर्माता र प्रदर्शकले ५०–५० प्रतिशत शेयर प्राप्त गर्दै आएका थिए तर यता प्रदर्शकहरु ७० प्रतिशत शेयरको मागले आफूहरुलाई अन्यायमा परेको बताउँछन् । ।

 

शनिबार, २४ माघ २०७७, ११ : १७

प्रतिक्रिया