एजेन्सी - एक चोरीको आरोपीले किताब लेखेर चरिको बयान सार्वजनिक गर्ने भएका छन् । रियालिटी टिभी तथा सोसल मिडिया स्टार किम कार्दासियनको घरमा पाँच वर्ष अघि ७ मिलियन पाउन्ड (१ अर्ब १२ करोड रुपैयाँ) को चोरी भएको थियो ।
सन् २०१६ मा पेरिस फेसन विकका बेला किमको अपार्टमेन्टमा केही मानिसहरू प्रवेश गरेर उनलाई बन्दी बनाएका थिए । उक्त मामिलामा एक आरोपीले पूरा घटनाक्रम बयान गर्दै एउटा किताब सार्वजनिक गर्ने भएका हुन् ।
६७ वर्षका यूनिस अब्बासको यो किताबको नाम ‘आई किडन्याप्ड किम कार्दासियन’ हो । यूनिस ती १२ व्यक्तिमा संलग्न छन् जसलाई यो अपहरणको आरोपमा पक्राउ गरिएको थियो ।
यूनिसका अनुसार यदि उनलाई किम यति लोकप्रिय छिन् भन्ने थाहा भएको भए यो चोरीमा कहिले पनि आफू समावेश नहुने बताएका छन् । अब्बासका अनुसार उनी एक समूहको हिस्सा थिए जसको नाम ग्रान्ड ड्याड रोकर्स हो । यो समूहमा सबै सदस्य ६० देखि ७२ वर्ष समूहका थिए ।
यी व्यक्तिले आफ्नो किताबमा दाबी गरे अनुसार किम र उनका सेक्रेटरी बारम्बार ९११ मा डायल गर्ने कोसिस गरिरहेका थिए तर उनीहरु पेरिसमा थिए । यस्तोमा ९११ मा डायल गर्नुको कुनै अर्थ थिएन ।
फ्रेन्च पत्रिका मोंडेका अनुसार यो लुटपाटमा समावेश अर्का एक व्यक्तिले किमको सोसल मिडिया पोस्टका कारण उनीहरूका लागि यो योजना बनाउन निकै सहज भएको बताएका थिए ।
किमले आफ्ना गहना सोसल मिडियामा देखाएकी थिइन् र उनले आफूले कहिले पनि नक्कली गहना नलगाउने दाबी पनि गरेकी थिइन् ।
प्रतिक्रिया