कस्मेटिक सर्जरीका कारण ६१ हजार डलरको नोक्सानी, २ प्रोजेक्टबाट निकाला

शनिबार, २४ माघ २०७७, १२ : ११

एजेन्सी - चिनियाँ अभिनेत्री तथा गायिका गाओ लिउको कस्मेटिक सर्जरीका कारण करिब ६१ हजार ८०० डलरको नोक्सान व्यहोरेकी छिन् । 

सर्जरीपछि उनको नाकमा समस्या आएको छ । केही समयअगाडि नाकको कस्मेटिक सर्जरी गरेपछि आफ्नो तस्बिर सेयर गर्दै यसले नोक्सान पुर्याएको बताएकी छिन् ।
 
उनको कस्मेटिक सर्जरीका कारण नाकमा लागेको दागको फोटो सामाजिक सञ्जालमा भाइरल भएको छ । 

उनले दक्षिणी चीनको गुआंग्डोंग प्रान्तमा रहेको ग्वांगझोउ शहरमा नाकको सर्जरी गराएकी थिइन् । जसको कारण उनको नाकमा नोक्सान पुगेको हो । 

यसका कारण उनको दुईवटा प्रोजेक्टबाट बाहिरिनु पनि परेको छ । 

शनिबार, २४ माघ २०७७, १२ : ११

प्रतिक्रिया