'ब्रान्ड भ्यालु’को दोस्रो स्थानमा अक्षय कुमार, को को सेलिब्रेटी कुन कुन स्थानमा ?

शनिबार, २४ माघ २०७७, १४ : ४७

डफ एन्ड फेल्प्स सेलिब्रेटी ब्रान्ड भ्यालुएसनको रिपोर्ट अनुसार अक्षय बलिउड अभिनेताको शीर्ष स्थानमा आएका हुन् । 

रिपोर्ट अनुसार अक्षयको कुमारको  ‘ब्रान्ड भ्यालु’ ११ करोड ८९ लाख भारु रहेको छ भने भारतीय सेलीब्रेटि मध्ये अक्षय दोस्रो स्थानमा आएका छन् । 

भारतबाट सेलीब्रेटि सूचीको पहिलो स्थानमा क्रिकेटर विराट कोहली परेका छन् । पहिलो स्थान बाहेक दोस्रोदेखि दशौँ स्थानसम्म अभिनेता/अभिनेत्रीको कब्जा गरेको छ । अक्षयपछि तेस्रो स्थानमा अभिनेता रणवीर सिंह परेका छन् । उनको ब्रान्ड भ्यालु १० करोड २९ लाख रहेको छ । पाँच करोड ११ लाखसहित अभिनेता शाहरुख खान चौथो स्थानमा र पाँच लाख ४० हजारसहित अभिनेत्री दीपिका पादुकोण पाँचौँ स्थानमा परेकी छिन् ।


यस्तै, छैटौँ स्थानमा आलिया भट्ट, सातौँमा आयुष्मान खुराना, सलमान खान आठौँ, अमिताभ बच्चन नवौँ र ऋतिक रोशन दशौँ स्थानमा छन् ।२० जना बलिउड सेलिब्रेटीहरुमा गरिएको यस अनुसन्धानमा कात्र्तिक आर्यन २०औँ स्थानमा छन् ।
 

शनिबार, २४ माघ २०७७, १४ : ४७

प्रतिक्रिया