जिम्मा लिएभन्दा धेरै खर्च भएपछि ‘तिम्रो मेरो साथ’ फिल्मको सुटिङमा लफडा

आइतबार, २५ माघ २०७७, ११ : ५२

काठमाडौँ - फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन युनिटमा विवाद भएको छ । फिल्मका निर्माता रमेश एम के पौडेल र नृत्य निर्देशक रामजी लामिछाने बीच गीतको छायाँकन खर्चलाई लिएर विवाद भएको हो ।

५ लाखमा सकाउंने जिम्मा लिएको फिल्मको आइट गीत नृत्य निर्देशक रामजीले २५ लाखभन्दा बढी खर्च गराएको कारण निर्माता र नृत्य निर्देशक बीच लफडा चलेको निर्माण युनिटले जनाएको छ । 

गीतको सुटिङमा अनुमानित भन्दा केही बढी रकम लागेको नृत्य निर्देशक रामजी लामिछानेले स्वीकारेका छन् ।  

फिल्म ‘तिम्रो मेरो साथ’को छायाँकन स्थलबाट फिल्मको एक तस्बिर समेत बाहिर आएको छ । बाहिरिएको तस्बिर फिल्मको सोही आइटम गीतको हो । 

जसको छायाँकन बिषयलाई लिएर निर्माता र निर्देशकबीच लफडा भएको थियो । आइट गीतमा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, सन्दिप क्षेत्रीले नृत्य गरेका छन् ।

फिल्ममा साम्राज्ञी राज्यलक्ष्मी शाह, पुष्प खड्का, सन्दीप क्षेत्रीको मुख्य भूमिका रहेको फिल्म आर्यन फिल्मस् तथा वोधी एच डी अमेरिकाको ब्यानरमा निर्माण भैरहेको हो । 

आइतबार, २५ माघ २०७७, ११ : ५२

प्रतिक्रिया