काठमाडौं - ‘क्लिन काष्टमण्डप’ का अभियन्ता केपी खनाल र कमेडी च्याम्पियन हिमेश पन्तले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को चुनाव चिह्न अंकित झण्डा नेकपाको पार्टी कार्यालयहरुमा बुझाएका छन् ।
उनीहरुले कार्यक्रम आयोजना गरेपछि सडकमै छाडेका चुनाव चिह्न अंकित झण्डाहरु पार्टी कार्यालयहरुमा बुझाएका हुन्।
शनिबार सरसफाईका क्रममा फेला परेका नेकपाको चुनाव चिह्न सूर्य अंकित झण्डाहरु नेकपाको दुबै समूहका पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।
उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको कार्यालय धुम्बाराही र दाहाल–नेपाल समूहको कार्यालय पेरिसडाँडा पुगेर झण्डा बुझाइएका हुन् ।
प्रतिक्रिया