बलिउड अभिनेत्री सनी लियोनीमाथी आरोप लागेको छ । सनी लियोनी बिरुद्ध धोका दिएको आरोप लागेको हो ।
उजुरी सँगै केरलमा छुट्टि मनाइरहेकी सनी लियोनीसँग त्यहाँको पुलिसले सोधपुछ गरेको छ ।
करीव एक महिनाबाट केरलमा छुट्टि मनाइरहेकी सनी विरुद्ध एक व्यक्तिले धोका दिएको आरोप लगाएका हन् ।
सनीले कोच्चिमा दुई प्रोग्राम गर्नको लागि २९ लाख रुपैयाँमा कन्ट्याक्ट गरेकी तर उनी यी कार्यक्रममा सामेल नभएका कारण धोका दिएको आरोप लागेको हो ।
सनीको तर्फबाट भने १२ लाख रुपैयाँ लिएको बताइएको छ ।
प्रतिक्रिया