फिल्म ‘आरआरआर’ का ५ भाषाका लागि ३ सय ४८ करोडको थिएट्रिकल राइट्स अफर

आइतबार, २५ माघ २०७७, १६ : ४९

काठमाडौं- साउथका दुई ठूला सुपरस्टार जुनियर एनटीआर र राम चरणले एकसाथ अभिनय गरेको फिल्म ‘आरआरआर’ घोषणाको समयदेखि नै चर्चामा छ । १० भाषामा रिलिज हुन लागेको फिल्मलाई प्रदर्शन मिति घोषणापछि ५ भाषाका लागि ३ सय ४८ करोडको थिएट्रिकल राइट्स अफर मिलेको छ । तर, अहिलेसम्म निर्माण टिमले फिल्मको थिएट्रिकल राइट्स विक्री गरेको छैन । 
 
१३ अक्टुबरमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मलाई तमिल, तेलुगु, कन्नड र मलयालमको थिएट्रिकल राइट्सका लागि ३४८ करोडको अफर मिलेको हो । निजाममा ७५ करोड, आन्ध्र प्रदेशमा १६५ करोड, तमिलनाडुमा ४८ करोड, मलयालममा १५ करोड र कर्नाटकमा ४५ करोडको अफर फिल्मका निर्मातालाई मिलेको छ । टिमलाई बलिउडबाट पनि ठूलो रकम अफर भएको छ ।
 
एसएस राजामौली निर्देशित फिल्मले भारतका स्वतन्त्रता सेनानी कोमाराम भीम र अल्लूरी सीतारामाराजूको युवा दिनको एक काल्पनिक वर्णन गरेको छ । फिल्ममा एनटीआर र राम चरणका अलावा अजय देवगन, आलिया भट्ट, समुथिरकानी, एलीसन डूडीलगायतका कलाकारहरुको अभिनय छ । यो फिल्मबाट अजय देवगन र आलिया भट्टले साउथ फिल्ममा डेब्यू गर्दैछन् ।

आइतबार, २५ माघ २०७७, १६ : ४९

प्रतिक्रिया