विवाह गर्दै प्रभास

सोमबार, २६ माघ २०७७, ०९ : ५७

एजेन्सी - साउथ सुपरस्टार प्रभास विवाह गर्दै छन् । हालै भारतीय मिडियाले एउटा यस्तो जानकारी सार्वजनिक गरेको छ जसमा प्रभासको विवाह हुन लागेको खबर प्रकाशित छ । 

भारतीय मिडियामा प्रकाशित खबरलाई विश्वास गर्ने हो भने प्रभास अब चाँडै नै विवाहको तयारीमा छन् । टलिउड डट नेटको रिपोर्टलाई विश्वास गर्ने हो भने प्रभास अमेरिकास्थित एक सफ्टवेयर कम्पनीका संस्थापककी छोरीसँग विवाह गर्ने योजनामा छन् । 

यो एक मागी विवाह हुनेछ । यसका लागि दुवैको परिवारबीच कुराकानी पनि सुरु भइसकेको छ । प्रभासले यो सम्बन्धका लागि हरियो झण्डा पनि देखाएको खबरमा उल्लेख छ । 

यससँगै साउथ सुपरस्टारको विवाहको तयारीका लागि परिवार लागीपरेको पनि बताइन्छ । 
 

सोमबार, २६ माघ २०७७, ०९ : ५७

प्रतिक्रिया