‘केजीएफ च्याप्टर-२’ का मेकर्सले मागे ८० करोड

सोमबार, २६ माघ २०७७, १२ : ४३

काठमाडौं - सुपरस्टार यश स्टारर 'केजीएफ च्याप्टर-२' को ओभरसीज राइट्सका लागि मेकर्सले ८० करोड रुपैयाँ मागेका छन् । जुलाईमा रिलिज हुन लागेको यस चलचित्रको राइट्सका लागि ८० करोड रुपैयाँ माग गरिएको हो । 

पहिला यसको हिन्दी राइट्स फरहान अखतर र रितेश सिधवानीको कम्पनी एक्सेल इन्टरटेनमेण्टले ९० करोडमा किनेको बताइएको थियो ।

एक सय करोडको बजेटमा बनेको यस चलचित्रमा यश, सञ्जय दत्त, श्रीनीदि शेट्टी, रवीना टन्डन, प्रकाश राज लगायतका कलाकारहरूको अभिनय रहेको छ । 

चलचित्रलाई प्रशान्त नीलले निर्देशन गरेका हुन् । 

सोमबार, २६ माघ २०७७, १२ : ४३

प्रतिक्रिया