बलिउड अभिनेता ऋषि कपुर र रणधीर कपुरका भाइ राजिव कपुरको निधन भएको छ । ५८ वर्षका राजिवको हृदयघातका कारण चेम्बुरमा उनको घर नजिकैको अस्पतालमा आज निधन भएको हो ।
राजीवले राम तेरी गंगा मैलीजस्ता विभिन्न फिल्ममा काम गरेका थिए । ऋषि कपुरकी श्रीमती नीतू कपुरले आफ्नो सोसल मिडिया अकाउन्टबाट पोस्ट गरेर यसबारे पुष्टि गरेकी छिन् । नीतू कपुरले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट राजीव कपूरको तस्बिर सेयर गर्दै लेखिन्, ‘रेस्ट इन पीस । ’
राजिव कपूरले हिन्दी सिनेमामा अभिनेता, निर्माता र निर्देशकको रुपमा काम गरेका थिए । शम्मी कपुर र शशी कपूर राजिवका काका थिए । कामको कुरा गर्ने हो भने उनले सन् १९८३ मा रिलिज भएको फिल्म ‘एक जान हे हम’ बाट सिल्भर स्क्रिनमा अभिनेताको रुपमा डेब्यू गरेका थिए । सन् १९८५ मा रिलिज भएको फिल्म राम तेरी गंगा मैलीमा राजिवले मुख्य भूमिका निर्वाह गरेका थिए । आसमान, लभर बोय, जबरदस्त र हम तो चले परदेस उनको सबैभन्दा चर्चित फिल्ममा गनिन्छन् ।
प्रतिक्रिया