होस्टको रुपमा धेरै नाम चलेका बलिउडका कलाकारहरु अग्रपंतिमा रहेका छन् । सलमान खान, अमिताभ बच्चन, शाहरुख खान र आमिर जस्ता स्टार पछिल्लो समय चलचित्र भन्दा होस्टको रुपमा धेरै देखिन्छन् ।
अभिनेता सलमान वार्षिक रुपमा टेलिभिजन रियालिटी शो ‘बिग बोस’ होस्ट गर्दै आएका छन् । हालका दिनमा उनी ‘बिग बोस सिजन १४’को होस्ट गरिरहेका छन् । यो शोको होस्ट गर्नका लागि उनले प्रतिभाग १४ करोड पारिुश्रमिक लिएका छन् ।
अर्का अभिनेता अमिताभले आफ्नो चर्चित शो ‘कौन बनेगा करोडपति’को होस्ट गर्नका लागि महंगो पारिश्रमिक बुझ्ने गरेका छन् । अमिताभले यो सबै शोको होस्ट गर्नका लागि १ सय ८० करोड पारिश्रमिक लिएका छन् । उनले कैयौं वर्षदेखि यो शो होस्ट गरिरहेका छन् ।
अभिनेता शाहरुखले पनि कुनै समयमा आफ्नो करियर टेलिभिजनबाट नै सुरुवात गरेका थिए । उनले ‘कौन बनेगा करोडपति’को तेस्रो संस्करण र टेलिभिजन शो ‘क्या आप पाँचवी पास से तेज है रु’ जस्तो शो होस्ट गरेका छन् । सन् २०११ मा उनले कलर्स च्यानलमा शो ‘जोरका झटका’ पनि होस्ट गरेका थिए । समाचार अनुसार यो शोका लागि उनले करिब ४५ करोड पारश्रमिक बुझेका थिए ।
प्रतिक्रिया