टाइगर र कृती फिल्म ‘गणपथ’मा एकसाथ

बुधबार, २८ माघ २०७७, १२ : २८

बलिउड अभिनेता टाइगर र  अभिेत्री कृतीले फिल्म ‘गणपथ’मा एकसाथ काम गर्ने भएका छन् । टाइगरले सार्वजनिक गरेको चलचित्रको टिजरमा एक यूवती बाइकमा देखिएकी छिन् । तर, उनको अनुहार भने सार्वजनिक गरिएको छैन ।

भारतीय मिडियाका अनुसार, चलचित्रमा टाइगरसँग नायिका कृती सेननले काम गर्ने पक्का भएको छ ।

टाइगर र कृती एकसाथ पर्दामा देखिदा दर्शकको उत्साह बढ्ने पक्का छ । यो चलचित्रलाई विकास बहालले निर्देशन गर्दैछन् । चलचित्रमा दिपशिखा देशमुख, ज्याक्की बागनानी, वासु बागनानी र पूजा इन्टरटेन्मेन्टको लगानी रहनेछ ।

बुधबार, २८ माघ २०७७, १२ : २८

प्रतिक्रिया