काठमाडौं - रङ्गकर्मी जीवन बरालको निर्देशनमा बनेको ‘सँगसँगै कान्छी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
अभिनेता दयाहाङ राई र नग्मा श्रेष्ठको अभिनय रहेको उक्त भिडियो जमर्को इन्टरटेनमेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
नन्दु गुरुङको गायन रहेको सो भिडियो पूर्वी नेपालमा रहेका भुटानी शरणार्थी र शिविरसँग जोडिएको नेपाली समाजको कथालाई समेटिएको छ ।
गीतमा अनिल धिरुलको शब्द र देव गुरुङको संगीत रहेको छ । भिडियोमा कलाकार सरोज तिम्सिनाले सहायक निर्देशकको भूमिका निभाएका छन् ।
भिडियोलाई भूपेन्द्र तुम्बाहाम्फेले खिचेका हुन् भने सम्पादन अनिल रानाको रहेको छ ।
प्रतिक्रिया