'मस्ट भ्यालुड फीमेल सेलेब' दीपिका पादुकोण !

बुधबार, २८ माघ २०७७, १५ : ४७

दीपिका पादुकोण ‘मस्ट भ्यालुड फीमेल सेलेब’ बनेकी छिन् । ‘सेलेब्रिटी ब्राण्ड भ्यालुएसन स्टडी २०२०’मा दीपिका मस्ट भ्यालुड फीमेल सेलेब बनेकी हुन्।

 डफ एण्ड फेल्प्सको रिपोर्ट अनुसार दीपिकाको ब्राण्ड भ्यालु ५० दशमलब ४ मिलियन डलर रहेको छ । यो सूचीमा दीपिका पछि अभिनेत्री आलिया भट्ट ४८ मिलियन ब्राण्ड भ्यालुका साथ दोस्रो स्थानमा छिन् । उनीहरुको ब्राण्ड भ्यालु अभिनेता सलमान खानको भन्दा बढी छ ।

यसअघि  सन् २०१९ को सबैभन्दा ‘भरोसा योग्य फीमेल सेलिब्रेटी’को सूचीमा टेलिकम रेग्युलेटरी अथोरिटी अफ इण्डियाले दीपिकालाई पहिलो स्थानमा राखेको थियो ।

बुधबार, २८ माघ २०७७, १५ : ४७

प्रतिक्रिया