डिसहोमले यहि माघ २९ गते देखि नयाँ कोरियन सिरिज 'द किङ इज इन लभ' प्रशारण गर्न लागिरहेको छ । डिसहोमको च्यानल नं. १०२ रियालिटी टिभीमा हरेक विहिवार राती ८ः३० वजे द किङ इज इन लभ नामक सिरिज नेपाली भाषामा प्रशारण हुँदैछ ।
डिसहोमले आफ्ना ग्राहकहरुलाई उत्कृष्ट सेवा सहित थप मनोरञ्जन र नेपाली दर्शकलाई सिरिजको दुनियामा नौलो र फरक स्वाद दिने उद्देश्यका साथ कोरियन सिरिजलाई नेपाली भाषामा प्रशारण गरिरहेको छ । भविष्यमा उत्कृष्ट र चर्चित कोरियन सिरिजहरुलाई पनि नेपाली भाषामा प्रशारण गर्न तयारी रहेको छ ।
प्रतिक्रिया