वर्षाको प्रश्न–  ‘के यति असक्षम छ हाम्रो न्यायपालिका ?

विहीबार, २९ माघ २०७७, १२ : ५४

बैतडीकी भागरथी भट्टको बलात्कारपछि हत्या भएको घटनाले यतिबेला सिंगो देश नै स्तब्ध छ । नायिका सिवाकोटीले निर्मला र संझना जसतै भागरथीले पनि न्याय नपाउने नै हुन् त भनेर प्रश्न पनि गरेकी छिन् ।

उनले न्याय प्रणालीमाथि प्रश्न गर्दै भनेकी छन्, ‘के यति असक्षम छ हाम्रो न्यायपालिका? के यति कम्जोर छ हाम्रो छ हाम्रो राज्य व्यवस्था, एउटा अपराधिको पहिचान गरी सजाय दिन नसक्ने ? के गरीबका लागि न्याय त्यति महंगो भइसक्यो ?’

नायिका सिवाकोटीले विभिन्न राजनीतिक दलले गर्ने जुलुस तथा सभामा न्यायको खोजी हुने हो भने अर्की बहिनी बलात्कृत हुन्न थिइन् कि भनेर पनि प्रश्न उठाएकी छिन् । उनी अगाडि लेख्छिन्–‘हाम्रो माग के हुनुपर्ने हो ? नारा के हुनुपर्ने हो ? आफै विचार गरौं । अपराधीको मनोबल अझै बलियो बन्दै छ । पीडित अझै पीडामै छन् । जनताको सरकार र संविधानबाट भरोसा उठ्ने बेला भैसक्यो । देश झन् झन् अस्थिरतातर्फ जाँदैछ । कुर्सीको लडाई छाड, सत्यको लागि लड, जीत तिम्रै हुनेछ ।’

अपराधीको मनोबल झन बलियो बन्दै गएको र पीडित अझै पीडामा भएको बताउँदै शिवाकोटीले जनताको सरकार र संविधानबाट भरोसा उठ्ने बेला भइसकेको बताएकी छन्। उनी अगाडि लेख्छिन्, ‘देश झन् झन् अस्थिरतातर्फ जाँदै छ, कुर्सीको लडाई छोड सत्यको लागि लड, जनताको पक्षमा लड, जीत तिम्रै हुनेछ, न्याय दिन अझ विलम्ब नहोस् ।’

विहीबार, २९ माघ २०७७, १२ : ५४

प्रतिक्रिया