प्रियंका चोपडालाई सेटबाट लेखेट्ने धम्की !

विहीबार, २९ माघ २०७७, १८ : १४

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाको किताब  ‘अनफिनिश्ड’ शार्वजनिक भएसंगै उनको चर्चा बढेको छ । अनफिनिश्ड ९ जनवरी बाट  बजारमा आएको छ । किताबमा उनले बाल्यकालको कुरा देखि बलिउडमा आउदा सम्मकोे बारेमा लेखेकी छिन् । 

 प्रियंका बलिउडभित्रको पितृसत्ता र फेभरिटिज्मको बारेमा पनि उनले लेखेकी छिन् । उनले आफ्नो जीवनीमा स्किम्ड फ्रम द काउचको पोडकास्टको विषयमा पनि लेखेकी छिन् । फिल्मका को स्टारको विषयमा कुनै पनि जानकारी नदिइ आफ्ना प्रोड्युसर र निर्देशकले बढी पारिश्रमिक मागेको विषयलाई लिएर धम्की दिएको खुलाएकी छिन् । 

उनले निर्देशक र प्रोड्युसरलाई आफ्ना को स्टार अभिनेताको जति पारिश्रमिक माग्दा सेटबाट लेखेट्ने धम्की समेत दिएको बताइन् । 

यति मात्र होइन उनले एउटा फिल्मबाट सजिल्यै अभिनेत्री परिवर्तन हुने गरेको समेत खुलाइन् । उनलाई उक्त सेटमा एउटा चेक दिँदै निर्देशकले भने, ुउनले मलाई चेक दिँदै अभिनेताको भन्दा कम भएको भने । अनि यस्ता केटीहरु यो अवसरका लागि जत्ति पनि भेटिन्छन् । र तपाईँलाई थाहा नहोला फिल्म सेटबाट अभिनेत्री सजिल्यै बदलिन्छन् । 

विहीबार, २९ माघ २०७७, १८ : १४

प्रतिक्रिया