निर्देशक तथा अभिनेता निश्चल बस्नेतको अब बन्ने फिल्म ‘जिन्दाबाद’मा सौगात मल्ल र दयाहाङ राई फाइनल भएका छन् । उनीहरु फाईनल भएको निश्चलले जानकारी दिएका हुन् ।
साहित्यकार बुद्दिसागरको कथा लेखन रहेको फिल्मलाई लाई निश्चल बस्नेतले निर्देशन गर्दैछन् ।
फिल्मको छायांकन वैशाख अथवा जेठमा चलचित्र हुने छ । ‘लुट–२’ पछि निश्चलले चलचित्र निर्देशन गरेका छैनन् । निश्चलले गत माघ ४ गते आफ्नो जन्मदीनको अबसरमा ‘जिन्दाबाद’ घोषणा गरेका थिए ।
चलचित्रका अन्य कलाकार भने फाइनल भइसकेका छैनन् ।
प्रतिक्रिया