प्रियंकाले नरेन्द्र मोदीलाई भेट्दा लगाएको 'मिनी ड्रेस'को वास्तविकता

शुक्रबार, ३० माघ २०७७, १९ : ३९

बलिउड तथा हलिउड अभिनेत्री प्रियंका चोपडाको किताब  ‘अनफिनिश्ड’ शार्वजनिक भएसंगै उनको चर्चा बढेको छ । अनफिनिश्ड ९ जनवरी बाट  बजारमा आएको छ । 

किताबमा उनले बाल्यकालको कुरा देखि बलिउडमा आउदा सम्मकोे बारेमा लेखेकी छिन् । कहिलेकाँही उनी आफ्ना तस्बिरहरुका कारण ट्रोलको शिकार पनि भएकी छिन् । २०१७ मा प्रधानमन्त्री नरेन्द्र मोदीसामु मिनि ड्रेस लगाएर बसेको तस्बिर भाइरल भएपछि उनी ट्रोलको शिकार भएकी थिइन् । यस घटनाबारे प्रियंकाले आफ्नो पुस्तक अनफिनिस्ड मा चर्चा गरेकी छिन् । 

प्रियंकाकाअनुसार प्रधानमन्त्री मोदी र उनीबीच त्यस समय बर्लिनको एक होटलमा भेट भएको थियो । प्रियंकाका अनुसार त्यस समय उनी आफ्ना अमेरिकी प्रचारक र भाईसँग थिइन् । त्यही भेटका केही तस्बिर उनले सामाजिक सञ्जालमा राखेकी हुन् । 

‘मैले यसकारण त्यो ड्रेस लगाएको थिएँ, किनकी म ती दिनहरुमा ‘बेवाच’ फिल्मको पनि प्रमोशन गरिरहेको थिएँ’ प्रियंकाले आफ्नो पुस्तकमा लेखेकी छिन् । प्रियंकाको फोटो त्यतिबेला निकै भाइरल भएको थियो ।  सामाजिक सञ्जालका प्रयोगकर्ताहरुले देशको प्रधानमन्त्रीसामुु यस्तो पोशाकमा उपस्थित हुन नहुने धारणा राखेका थिए । बलिउडसँगै हलिउड फिल्ममा पनि प्रियंका सक्रिय छिन् । 

 

शुक्रबार, ३० माघ २०७७, १९ : ३९

प्रतिक्रिया