बलिउडकी सदाबहार अभिनेत्री रेखाले बलिउडमा ठुलो छाप छोडेकि छिन् । सुरुवाति जीबन कष्टकर विताए पनी रेखाले आफ्नो करियरमा समेत ठूलो सफलता हासिल गरिन् ।
साउथ फिल्मका चर्चित अभिनेता जेमिनी गणेशन र चर्चित अभिनेत्री पुष्पावलीकी छोरी रेखाको सम्बन्ध आफ्ना पितासँग कहिल्यै राम्रो भएन ।
उनी आफ्ना पितालाई घृणा गर्छिन् । पिताप्रतिको घृणा कै कारण उनी उनको अन्तिम संस्कारमा समेत सामेल भइनन् ।
रेखाले कहिल्यै आफ्ना पिताको थर आफ्नो नामको पछाडि जोडिनन् । पिता साउथका किंग अफ रोमान्स का नामले चिनिन्थे । उनका पिता गणेशनसँग विवाहभन्दा पहिले नै उनकी आमा पुप्षावली गर्भवती भइन् र रेखाको जन्म भएको थियो । उनका पिताले चारवटा विवाह गरे तर रेखाकी आमालाई कहिल्यै पत्निको दर्जा दिएनन् ।
पारिवारिक अवस्था नाजुक भएका कारण रेखाले १३ वर्षको उमेरमा नै काम सुरु गरिन् । सुरुवाती दिनमा उनले तेलुगु फिल्ममा डि ग्रेडको काम गरेकी थिइन् । रेखाको जन्मपछि फिल्म क्षेत्रबाट हात झिकेकी पुष्पवलीले रेखालाई फिल्म क्षेत्रमा स्थापित गर्न धेरै मेहनत गरिन् । रेखाका पिताले उनलाई सजिल्यै फिल्म क्षेत्रमा ल्याउन सक्थे तर उनले कहिल्यै रेखालाई मद्दत गरेनन् त्यसबेलादेखि रेखाले पितालाई घृणा गर्न थालिन् ।
प्रतिक्रिया