दोस्रो बिवाह गर्दै अभिनेत्री दिया मिर्जा !

शनिबार, ०१ फागुन २०७७, १७ : २९

बलिउड अभिनेत्री दिया मिर्जा दोस्रो बिवाहको तयारिमा रहेकी छिन् । व्यवसायी वैभव रेखी  र दिया फ्रेबुअरी १५मा  विवाह बन्धनमा बाँधिन लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

वैभव र दियाका केही समयदेखि प्रेम सम्बन्ध रहेको सञ्चारमाध्यमले जनाएका छन् । 

दियाको पहिलो विवाह सन् २०१४ मा साहिल सांगासँग भएको थियो। उनीहरु विवाहको पाँच वर्षपछि सन् २०१९ मा छुट्टिएका थिए। त्यतिबेला दियाले सामाजिक सञ्जालमार्फत आफूले साहिलसँग सम्बन्धविच्छेद गरेको जानकारी गराएकी थिइन्।

विवाहमा परिवारका सदस्य र नजिकका साथीहरु मात्रै सहभागी हुने बताइएको छ। 

शनिबार, ०१ फागुन २०७७, १७ : २९

प्रतिक्रिया