बलिउड अभिनेत्री तथा पुर्व विश्व सुन्दरी ऐश्वर्या राय बच्चन आफ्नु सुन्दरतार्को कारण सधै चर्चामा रहन्छिन्। बलिउड अभिनेता अभिषेक बच्चनसँग विवाह गरेपछि उनी बलिउड उद्योगबाट टाढिए पनि बेला बेला चर्चामा आई रहन्छिन् ।
बलिउड क्षेत्रमा हुने चर्चा र परिचर्चाका विषयहरुमा अभिनेत्रीहरुको व्यक्तिगत जीन्दगीको विषयमा पनि अनेकन् अफवाहहरु बाहिरिन्छन् ।
विश्व सुन्दरीको समेत ताज पहिरिएकी ऐश्वर्याको सुन्दरताको विषयमा विशेष रुपमा चर्चामा रहन्छ । तर, उक्त समयमा उनको सुन्दरताको विषयमा प्रश्न गरिएको थियो । उनको सुन्दरतालाई कृत्रिम बताइएको थियो ।
संसारकी सबैभन्दा सुन्दर अभिनेत्रीहरुको सूचीमा पर्न सफल अभिनेत्री ऐश्वर्या रायमाथि प्लास्टिक सर्जरी गरेको आरोप लागेको थियो । उनको नक्कली सुन्दरताका कारण उनले ताज जितेको आरोप लागेको थियो ।
उनले नाक, गाला, ओठ जस्ता अंगहरुको प्लाष्टिक सर्जरी गराएको बताइएको थियो । तर उनले यस्ता आरोपहरुको कुनै जवाफ नै दिइनन् । उनी कुनै पनि चर्चाको विषयमा उनले कुनै प्रतिक्रिया दिइनन् ।
प्रतिक्रिया