नम्रता, सृष्टि, मेनुका, पूजा र दीपिकाबीच प्रतिस्पर्धा

आइतबार, ०२ फागुन २०७७, ०९ : ४०

काठमाडौं - नेफ्टा अवार्डको दसौं संस्करणमा उत्कृष्ट अभिनेत्रीका लागि नम्रता श्रेष्ठ, सृष्टि श्रेष्ठ, मेनुका प्रधान, पूजा शर्मा र दीपिका प्रसाइबीच प्रतिस्पर्धा हुने भएको छ । 

शनिबार सोल्टी होटलमा आयोजित मनोनयनमा उनीहरू क्रमशः ‘प्रसाद’, ‘रोमियो एन्ड मुना’, ‘साइली’, ‘रामकहानी’ र ‘छक्का पञ्जा३’बाट मनोनयनमा परेका हुन् ।

 

२७ विधामा बाँडिएको मनोनयनमा उत्कृष्ट फिल्मको सूचीमा ‘प्रसाद’, रोमियो एन्ड मुना’, ‘हरी’, ‘कथा काठमाडौं’ र ‘छक्का पञ्जा ३’ अटाएका छन् । 

चलचित्र प्राविधिकहरूको संस्थाले आयोगना गर्दै आएको नेफ्टाको यो दसौं संस्करण हो । यसअघि विदेशमा केही संस्करण आयोजना गरेको नेफ्टाले यो वर्ष भने  देशमै अवार्ड गर्ने भएको हो । 

आइतबार, ०२ फागुन २०७७, ०९ : ४०

प्रतिक्रिया