बिग बस १५ को घोषणा, सलमानको पारिश्रमिक कति

आइतबार, ०२ फागुन २०७७, १७ : ४८

कलर्स टिभीको रियालिटी शो बिग बस १४ को ग्रान्ड फिनाले अघि नै बिग बस १५ को घोषणा भएको छन् । कार्यक्रमका उद्घोषक सलमान खानले शनिबार भएको विकेन्ड वारमा बिग बस १५ को घोषणा गरेका हुन् । 

बिग बसको पछिल्लो  सिजनमा प्रति एपिसोड १३ करोड भारुको हिसाबले पारिश्रमिक लिएका सलमानले कोरोना महामारीको बेला टेलिकास्ट भएको बिग बस १४ का लागि सलमानले प्रति दिन २०÷२४ करोड भारुको हिसाबले पारिश्रमिक लिएको भारतीय सञ्चार माध्यमले जनाएका छन्  ।

बिग बसको पत्रकार सम्मेलनमा उनले यसपटक आफ्नो पारिश्रमिक कम भएपनि फरक नपर्ने तर अरुले पूरा पैसा पाउनुपर्ने शर्त राखेका छन् ।

यसपटक सलमानले ८ महिनापछि बिग बसको नयाँ सिजन लिएर दर्शकसामु हाजिर हुने बताएका छन् । सलमानका अनुसार अब बिग बसको सुटिङ समाप्त भएपछि आफू शाहरुख खान स्टारर फिल्म पठान र आफ्नो टाइगर थ्रीको सुटिङ पूरा गर्नेछन् ।

त्यसपछि उनले भने, ‘बिग बस आयो भने तपाईं पनि आउनुहुनेछ र म त जसरी पनि आउँछु । तर मेरो १५ प्रतिशत वृद्धि भएमात्रै ।’ उनले बिग बस १५ शो बाट प्रति एपिसोड २४ करोड भारु नै पारिश्रमिक लिन सक्ने सम्भावना रहेको सञ्चारमाध्यमले जनाएका छन् । 

अर्थात् बिग बस १४ को फिनालेको अघिल्लो दिन नै उनले निर्माण पक्षसँग यस्तो माग राखेका छन् । पछिल्लो १२ वर्षदेखि सलमान जसरी बिग बसको अनुहार बनेका छन्, त्यसले यो निश्चित हुन्छ कि अर्को सिजन पनि उनैले होस्ट गर्नेछन् ।

 

आइतबार, ०२ फागुन २०७७, १७ : ४८

प्रतिक्रिया