गोपीकृष्ण हल अब २५ तले बन्ने

सोमबार, ०३ फागुन २०७७, १२ : ४१

काठमाडौं - काठमाडौंको चाबहलिमा अवस्थित गोपीकृष्ण सिनेमा हलको भवन धमाधम भत्काउन काम भैरहेको छ । 

गोपीकृष्ण हलको संचालकले २५ तले नयाँ भवन बनाउने योजना अनुसार हल भत्काएका हुन् । 

गोपी, कृष्ण, राधा र मिरा हल भत्किएपनि ओम, नम, शिवाय भने संचालनमा आउनेछन् । नयाँ प्रविधी जडान गरेर दर्शकलाई हलसँग जोडिराख्न यी तिन हल संचालन गर्न लागिएको हो ।

हल सञ्चालकका अनुसार ३ बर्षमा २५ तले नयाँ भवन बन्दै छ । नयाँ भवनमा सपिङ मल, मल्टिप्लेक्स हल, पाँच तारे होटल लगायतका संरचना निर्माण हुनेछन् ।


 

सोमबार, ०३ फागुन २०७७, १२ : ४१

प्रतिक्रिया