एजेन्सी - धेरै कमाइ गर्ने मध्ये सेलिब्रेटीहरूको संख्या अघिनै हुने गर्छ । त्यसमा पनि बलिउडका सेलिब्रेटीहरुको कमाई धेरै हुने गर्छ ।
उनीहरूको सम्पत्तिको बारेमा सञ्चार माध्यममा धेरै नै चर्चा भइरहेको हुन्छ । उनीहरूको अभिनय सँगै कमाइको पनि उत्तिकै चर्चा भइरहेको हुन्छ ।
उनीहरूले आफ्नो कमाइबाट आफ्नो देशमा मात्र नभएर अर्कै देशमा पनि घर किन्ने गर्छन् । बलिउडका यस्ता सेलिब्रेटी छन् जसले लण्डनमा घर किनेका छन् ।
शाहरुख खान
शाहरुख खानको मुम्बईमा आलिशान घर 'मन्नत' छ । अलीबागमा एउटा फार्महाउस पनि छ । उनको लण्डनमा पनि घर छ । एक रिपोर्टका अनुसार शाहरुख खानको लण्डनमा पोश पार्क लेनमा एउटा अपार्टमेन्ट छ ।
अजय र काजोल
मिडिया रिपोर्टका अनुसार काजोल र अजय देवगनले सन् २०१३ मा लण्डन पार्क लेनमा एउटा घर किनेका छन् । काजोलले इन्स्टाग्राममा इंग्ल्याण्ड र लण्डनमा परिवारसँग खिचेका तस्बिर सेयर गर्ने गरेकी छन् ।
शिल्पा शेट्टी
शिल्पा शेट्टी र उनका पति राज कुन्द्राको लण्डनको अक्सफोर्ड स्ट्रीटमा सात बेडरुम प्रपर्टीकी मालिक हुन् । उनीहरु बिदा मनाउन त्यहाँ जाने गर्छन् ।
सोनम कपूर
सोनम कपूर र उनका पति आनन्द आहूजासँग आजभोलि लण्डनमा बस्दै आएकी छन् । दुवैको मुम्बई, दिल्ली र लण्डनमा घर किनेका छन् ।
प्रतिक्रिया