‘टाढा भए पनि’ फिमेज भर्सनको गीतले युट्युबमा बनायो नयाँ रेकर्ड

सोमबार, ०३ फागुन २०७७, १५ : ०७

काठमाडौं-  अभिनेता पल र मलिकाले अभिनय गरेको ‘टाढा भए पनि’ बोलको गीतको फिमेज भर्सन युट्युब नयाँ रेकर्ड बनाएको छ ।  यो गीत शनिवार सार्वजनिक गरिएको हो । 

यो गीतले युट्युबमा सार्वजनिक भएको २४ घण्टा भित्र सबैभन्दा बढी पटक हरिएको छ । यस गीतलाई पछिल्लो २४ मा मात्र ९ लाखभन्दा बढी दर्शकहरुले हेरिसकेका छन् । हाल यो समाचार तयार पर्ने समयसम्म उक्त म्युजिक भिडियो १५ लाखभन्दा बढी पटक हेरिएको छ । यो गीत आउनुभन्दा पहिले प्रकाश सुपतको गलबन्दी गीतको रेकर्ड रहेको थियो । उक्त गलबन्दी गीत सार्वजनिक भएको २४ घण्टामा ८ लाखभन्दा बढी दर्शकले हेरेका थिए । 

‘टाढा भए पनि’ गीतमा अस्मिता अधिकारी र अर्गेन डोंगको स्वर सुन्न सकिन्छ । यो म्युजिक भिडियोको ओर्जिनल गीतलाई उर्गेन डोङले यसअघि नै रिलिज सार्वजनिक गरेका थिए ।

फिमेल भर्सनमा पल र मलिकालाई फिचरिङ गरिएको छ । पल र मलिकालाई प्रेमी प्रेमिकाका रुपमा देख्न सकिन्छ । भिडियोलाई विवेक रसाइलीले निर्देशन गरेका हुन् ।

सोमबार, ०३ फागुन २०७७, १५ : ०७

प्रतिक्रिया